जारी यस्ता वेथिति किन हुने गर्छ र कसरी अव सही थिति वसालिन्छ?!
June 27th, 2011

आ.व. २०६८/६९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा मेरो टिप्पणी

मा. अर्थमन्त्री ज्यू यहांले प्रस्तुत गर्नुभएको सिद्धान्त र प्राथमिकतामाथि प्रवेश गर्नु अघि मेरो यो पहिलो प्रश्न हो । यसको चित्तो बुज्दो जवाफबाट म मात्रै होईन म जस्ता थुप्रै अर्थशास्त्र र योजना तर्जुमाका डरलाग्दा सिद्धान्त नबुज्ने तर श्रमजीवी वर्गको दैनिक जीवनयापनका व्यवहारिक अप्ठ्याराहरु नजीकबाटै देख्ने सभासदहरुलाई जानकारी हुने थियो– “किन हाम्रो राज्यसत्ता असन्तुलित र गैर–जनपक्षीय हुंदो रहेछ?! किन हाम्रो राजनीतिक नेतृत्वको आदर्श, नीति र व्यवहारको वीचमा टांड पर्दो रहेछ?!

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड budgetPolicy068 Read More…

शान्तिको आसा गर्ने हो भने, न्यायको खोती गरौं !
June 21st, 2011

निःसन्देह विश्व इतिहासको संघर्षपूर्ण घडीमा आइएलओको स्थापना भएको थियो । ‘हुने– खोने’ र ‘हुंदा–खाने’ दुई वर्ग वीचको तीव्र वर्ग संघर्षलाई फरक ढङ्गले सम्वोधन गर्ने लक्ष बोकी यसको यात्रा शुरु भएको थियो । अहिले आइएलओले झण्डै एक शताव्दीको आयु पूरा गर्देछ । यो अवधिमा श्रमको संसारमा उदेक लाग्दा परिवर्तन भएका छन् । देखिने गरी नै विकसित देशबाट अतिकम विकसिशत देशतिर फेरिएको श्रम आन्दोलनको केन्द्रविन्दु चाखलाग्दो छ । ठूलो संख्यामा युवा र किशोरहरु सम्मिलित श्रमिकहरुको केन्द्र अव दक्षिणी गोलार्ध हुन पुगेको छ । ति युवा श्रमिकहरु, जो मर्यादित काम सहितको भविष्य रहेको महान सपना सा“चेर हुर्किरहेका छन्, यदी आप्mनो ‘सपना’मा कसैले ‘पानी फेरिदिएको’ महसुस गरेमा कुनै पनि ठा“उमा जस्तो सुकै तरीकाबाट पनि विद्रोह गर्न तम्तयार छन् !

Read More…

भेटै नभएका मान्छेको ‘फ्यान’ बनेपछिको चक्कर …
June 20th, 2011

साथी उत्साहित भए, र राती पर्चा छर्ने “क्रान्ती”मा होमिए । यो उनको पहिलो ‘एक्सन’ थियो, त्यसैले उनमा “पर्चा छर्नेलाई जासुसहरुले पछ्याउंछन् र समातिएमा प्रहरी–खोरमा जाक्छन्” भन्ने त्यती साह्रो चेत थिएन । हामीले सतर्क रहने उपयुक्त तरीका सिकाएनौं । सायद कार्यकर्ता डराउंछन् भन्ने पो ठान्यौं की? भयो पनि त्यस्तै! “पञ्चायती तानाशाही–मुर्दावाद!” को नारा लाग्न साथ उनले आफूले लगाएको छालाको जाकेटबाट पर्चाको विटो निकाले र मास्तिर हावामा हुक्याई दिए । पहिले देखिनै “फलो” गरिरहेको जासुसले उनको हात तलझर्नै नदिइ च्याप्पै समात्यो र ‘ठाउं – का– ठाउं’ मै भकुर्न थाल्यो । ३/४ दिनको प्रहरी खोरको यात्रापछि उनी फर्किए र हामीसंग आगो ओकल्न थाले। ‘तिमी पापीहरु’, उनी जङ्गिए– “मलाई भन्नु पर्दैन, पर्चा छर्ना साथ भाग्नु पर्छ भनेर? मलाई भन्नु पर्दैन, कम्युनिस्टले छालाको ज्याकेट लाउनु हुन्न भनेर?” बल्ल पो भेद खुल्यो, उनी त समातिएकोमा रिसाएका हैन रहेछन्– बरु प्रहरीले यातना दिंदा ‘साला, कम्युनिस्ट हु“ भन्छ, छालाको जाकेट लाउंछ’ भनेकोमा दुःखित भएका रहेछन् !

Read More…

If you desire peace, cultivate justice: Address to the 100th session of International Labour Conference
June 20th, 2011

No doubt, the ILO was established on a stormy period of world history. A journey started aiming to address differently the ongoing fierce class-fight between the Two; the Haves and the Haves-Not, the ILO is completing benchmark of nearly a century. In this period, The World of Work has changed tremendously. An interesting change which shifted the focus of world labour movement visibly, from the developed world to the world of Least Developed Countries (LDCs). Converting the global south as a house of overwhelming masses of working population, which is composing with largely young and youth! The youth who survive in a great dream, a future with decent work and if feel their dream is shattered by- dare to revolt anywhere and anyway!

Read More…

इन्टरनेटमा जिफन्ट र अन्तरराष्ट्रिय टे्रड यूनियन आन्दोलन
June 12th, 2011

सन् १९९० पछि सूचना प्रविधिमा क्रान्ति नै आयो । ‘आई टी’ अर्थात इन्फरमेशन टेक्नोलोजीको तीव्र विकासले सूचनाको जगतमा तहल्का नै मच्चियो । हिजोसम्म मेहनत गरेर तयार गरिएका प्रकाशनलाई यो ठाउ“बाट त्यो ठाउ“मा पुर्‍याउन लाग्नेर् खर्च र समयलाई २० औं शताब्दीको अन्तिम ५ वर्षे अकल्पनीय ढंगले सहज,सरल र सुलभ बनाइ दियो । यसले, विभिन्न देशका टे्रड यूनियन केन्द्रहरूमा इन्टरनेट वेभपेज निर्माण गर्ने र सकेसम्म धेरै आ-आफ्नो सूचना प्रवाह गर्ने होड नै चल्यो । शुरूमा ‘हाम्रो पनि इन्टरनेट वेभ साइट छ’ भन्दा यूनियनहरूले आ-आफ्नो शान बढेको ठान्दथे । अहिले कसको वेभसाइटमा सूचना धेरै छ भन्ने विषयले चर्चा र प्रतिष्ठा पाउन थालेको छ । Read More…

“हेर्नुहोस् त, तपाईंको पोशाकमा मजदुरको रगतको टाटा !”
June 7th, 2011

“हेर्नुहोस् त, तपाईंको पोशाकमा मजदुरको रगतको टाटा!” यस्तै मन तान्ने सन्देश सहित सन् १९९० मा नेदरल्याण्डमा ‘क्लिन क्लोथ क्याम्पेन’ अर्थात् ‘सफा लुगा अभियान’ शुरु भयो । यसले विश्वभरिका गार्मेण्ट उद्योगमा काम गर्ने मजदुरहरूको कार्यावस्थामा सुधार गर्न उपभोक्तास्तरमा आन्दोलन गर्ने निर्ण्र्ाागर्‍यो । सन् १९९५ देखि यो अभियान वेल्जियम, प|mान्स, जर्मनी, बेलायत, स्वीडेनसम्म फैलियो । स्वीट्जरल्याण्ड, स्पेन र इटालीमा पनि यो अभियान शुरु भयो । क्यानडा र अष्ट्रेलियामा यस्तै प्रकृतिको अभियान जारी नै रह्यो ।

Read More…

गार्मेण्ट उद्योगः के मजदुरको हीतप्रति संवेदनशील छ ?
June 7th, 2011

शायदै कुनै उद्योगीहरू उद्योगको संस्थागत विकास र श्रमिकहरूको हितप्रति चिन्तित हुने गरेको सुनिन्छ । आ.व. १९९८/९९ को पहिलो महिनाको गार्मेन्टको निर्यात ४१.४५ प्रतिशतले वृद्धि भयो । यसको अर्थ हो गार्मेन्टले, कार्पेटले परम्परागत रूपमा ओगटेको नं. १ निर्यातमूलक वस्तुको ठाउ“ लिन आ“ट्यो । यसमा सबैले खुसी हुन पाउनु पर्ने हो तर, श्रमिक वर्गले खुशी हुन त परै जाओस् अ“धेरामा त्रस्त भएर बा“च्नु पर्ने स्थिति पो उत्पन्न हुन गयो । सबैलाई थाहा छ- नेपालको कार्पेट उद्योगमा सामन्तवाद विद्यमान छ, व्यवसायीहरूले मध्ययुगीन शोषण गर्न छाडेका छैनन्, निर्यातमूलक उद्योग क्षेत्र हायर एण्ड फायरजस्ता तयारी पोशाक उद्योगका व्यवसायीका मागले कतै गार्मेन्ट उद्योग पनि कार्पेटको निरंकुश बाटोमा हिंडन खोजेको त होइन – भन्ने प्रश्न श्रृजना गरिरहेछ ।

Read More…