November 20th, 2011
राजनीति, विचरधारा र आदर्शसंग जोडिएको कर्म हो । आफुले मन पराएको दर्शन र विचारधारको शास्त्रिय तथा त्यसको सिर्जनात्मक प्रयोग सम्बन्धि रचनाहरुको अध्ययन यसको जग हो । पुस्तक, यो ‘आवस्यकता’को मनिफेस्टेशन हो । त्यसैले राजनीतिमा पुस्तक अध्ययन समाजको ‘संगठन– परिचालन र शसक्तिकरण’को आधार हो ।
तपाईं अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
म ‘एकैपटक २/३ वटा किताव पल्टाउने र बढी चाख लागेकोलाई पहिले सक्ने’ गर्छु । हाल एकजना कमरेडबाट फिर्ता गर्ने समय तोकेर पाएको प्रकाशन “अ हिस्ट्री अफ डेमोत्र्mयाटीक कम्पुचिया” पढ्दै छु । यो गम्भीर प्रकृतिको सोधग्रन्थ भन्दा पनि सचित्र वर्णन गरिएको सरल र सहज प्रकाशन हो । कृष्णप्रसाद भट्टराईको ‘मेरो म’ थालेको छु, मण्डेलाको ‘लङ् वाक टु फ्रिडम’ दोह¥याउ“दै छु । र, हा जुन चाङको “व्याड समरिटान”को अडियो भर्सन सुन्दैछु ।
तपाइंले अध्ययन गरेको पुस्तकमध्ये अत्यधिक प्रभाव पारेको कुनै तीन पुस्तक ?
कुन पुस्तकले कति प्रभाव पार्छ भन्ने सापेक्षित कुरा हो । कलिलो उमेरमा “रानु र गुलसन नन्दा”का उपन्यासहरुले समेत मेरा मथिङ्गल रन्थन्याएका छन् । उद्देश्यमूलक अध्ययनको प्रारम्भिक कालमा भने प्रश्रितको ‘नारी बन्धन र मुक्ति’, राहुल सा“कृत्यायनको ‘भोल्गा से गङ्गा’ र निकोलाई आ“स्त्रोभोस्कीको ‘अग्निदिक्षा’ले राम्रै प्रभाव पारेका छन् ।
कमरेडलाई मन पर्ने विधा ?
मलाई उपन्यास र संस्मरणहरु चाख लाग्छन् । जीवन, सामाज, संस्कृतिसंग जोडिएका र विषय–वस्तुमा सिधै प्रवेश गर्ने प्रकृतिको लेखन–शैली मलाई प्रभावकारी लाग्छ। पुस्तक–अध्ययनलाई पनि सामान्यतयाः काम र जिम्मेवारीसंग जोड्ने बानी परेकोले, अचेल चाहि श्रम र अर्थ–राजनीतिस“ग सम्बन्धित पाएका प्रायः जसो पुस्तक÷प्रकाशनहरुमा सरसर्ति आ“खा दौडाउने गर्छु । पढ्ने धोको भएका धेरै कितावहरु ‘शीरदेखि तीरसम्म’ पढ्न नभ्याए पनि त्यसको सान्दर्भिक भागहरुको ‘टाटे–पाटे’ अध्ययन चा“हि नियमित जस्तो गर्छु ।
राजनीतिमा तपाईं पुस्तकको भूमिकालाई कसरी हेर्नुहुन्छ ?
राजनीति, विचरधारा र आदर्शसंग जोडिएको कर्म हो । आफुले मन पराएको दर्शन र विचारधारको शास्त्रिय तथा त्यसको सिर्जनात्मक प्रयोग सम्बन्धि रचनाहरुको अध्ययन यसको जग हो । पुस्तक, यो ‘आवस्यकता’को अभिव्यक्ति (मनिफेस्टेशन) वा माध्यम हो । त्यसैले राजनीतिमा पुस्तक अध्ययन समाजको ‘संगठन– परिचालन र शसक्तिकरण’को आधार हो ।
आजको सन्र्दभमा पार्टी पंक्तिलाई कुनकुन र कस्ता पुस्तक पढ्न सुझाव दिनुहुन्छ ?
हामी अहिले हाम्रो सामजको विनिर्माणको चरणमा छौं । विनिर्माण भनेको पुरानो जगमा नया“ आवस्यकतालाई सिर्जनात्मक ढंगले जोड्ने प्रकृया हो । क्रान्तिकारी पार्टीका कार्यकर्ताहरुले ‘ध्वङ्स’ गर्ने भनेको समाजको ‘काम नलाग्ने पुराना कुरा’ के के हुन् पहिचान गर्न आप्mनै देशको इतिहासको अध्ययन गर्नुपर्छ । उदाहरणका लागि मदनमणि दिक्षितको साहित्यिक कृति ‘माधवी’ होस् वा डोरबहादुर विष्टको “प्mयाटालिजम एण्ड डेभलपमेन्ट” र महेशचन्द्र रेग्मीको ‘अ स्टडी इन नेपाली इकोनोमिक हिस्ट्री’ को अध्ययन अहिले पनि सान्दर्भिक हुन सक्छन् । आजको राजनीतिक संक्रमण कालमा ‘सिक्किम सागा’ र टेकनाथ रिजालको ‘निर्वासन’को अध्ययनले भु–राजनीतिक समस्या बुभ्mन मद्दत गर्नसक्छ । नेकपाका संस्थापक महासचिव क. पुष्पलाल र जननेता मदन भण्डारीका लेख÷रचना त अधिकाङ्स नेता÷कार्यकर्ताहरुले पढि नै सक्नु भएको होला । माक्र्सवादप्रतिको आप्mनो बुझाईलाई अझ गहिरो र समय सापेक्ष तुल्याउन, लेनिन–माओ–स्तालिन मात्रै हैन, ग्राम्स्सीका रचना पनि पढ्नै पर्छ भन्ने मेरो सुझाव छ । सन्दर्भ सामग्रि कै रुपमा पाउलो फ्रेरीको चर्चित पुस्तक “पेडागोजी अफ दि अप्रेस्ड”, डोनाल्ड सास्योनको “वान हन्ड्रेड इयर अफ सोसलिज्म”र रोनाल्डो मन्कको “माक्र्स एट टु थाउजेण्ड”को अध्ययन उपयोगी नै हुने मेरो सुझाव छ ।
तपाईंलाई मन परेको पुस्तक कसरी सङ्कलन गर्नुहुन्छ वा कसरी अध्ययन गर्नुहुन्छ? (किनेर, पुस्तकालयको सहयोग लिएर या अन्य तरिकाले?)
आजभोली अङ्ग्रेजी भाषाका धेरै पुस्तकहरु इन्टरनेटमा सित्तैमा पाइन्छ । प्राविधिक भाषामा भन्नु पर्दा म अचेल म तिनीहरुको “इ–पब” वा “पिडिएफ” फम्र्याट “डाउनलोड” गरी आइ–प्याडको सहायतामा पढ्छु । कतिपय कितावहरु, स्वदेशी र विदेशी साथीहरुले पनि पठाइ दिनुहुन्छ । अनुसन्धानमुलक प्रकाशनहरुमा आफु पनि यदाकदा जोडिने भएकाले कतिपय संस्थाहरुले उनीहरुका प्रकाशन सिधै पठाइदिन्छन् । आफुलाई घत लागेको तर नेटमा वा मुप्mतमा नपाईने प्रकाशन चा“हि किन्छु । म जिफन्ट जस्तो तुलनात्मक रुपमा व्यवस्थित संस्थासंग पनि जोडिएकोले यसको श्रोत केन्द्रमा प्राप्त र खरिद गरिएका प्रकाशनहरु अध्ययन गर्ने अवसरबाट लाभान्वित समेत छु ।
तपाईंले लेख्नुभएका पुस्तक ? भविष्यमा पनि थप केही लेख्ने योजनामा हुनुहुन्छ कि ?
श्रमको संसारसंग जोडिएका आप्mनो एकल र आपूm समेत संलग्न संयुक्त लेखनका नेपाली र अङ्ग्रेजी भाषाका २९ वटा पुस्तकहरु प्रकाशित भईसकेका छन् । मेरो सबैभन्दा पहिलो पुस्तक– “नेपाली ट्रेड यूनियन आन्दोलनः इतिहासलाई फर्केर हेर्दा” हो भने पछिल्लो संयुक्त रुपमा सम्पादित पुस्तक– “द्वन्द्वबाट रुपान्तरणतिरः रुपान्तरण, पुनरसंरचना र ट्रेड युनियनका विषयमा बहस” हो । अङ्ग्रेजी भाषामा लेखिएका शिक्षण सामग्रिको नेपाली भाषमा उल्था गरिएका विभिन्न कितावहरु चार शीर्षकमा छापिएका छन् । भविष्यको बारेमा कसले पो टुङ्गो गर्न सक्छ र? काम भन्दा बाहिर साहित्यिक कृतिको रपमा एकजना साथीको कविता संग्रहमा ‘चित्रकारी’ गर्ने मेरो योजना २/४ वर्ष नै पुरानो भइसक्यो । श्रम आन्दोलनसङ्ग झण्डै तीन दशकदेखिको मेरो संलग्नालाई “व्याड समरिटान” स्टाइलमा लेखु“ की जस्तो पनि लागि रहेछ ।
हेरौं, समयले कति साथ दिन्छ !
(नवयुग, असार- २०६८ मा प्रकाशित)
विष्णु रिमाल पुस्तकहरु:
अन्य
सम्पादनः