पूँजीवादी शोषणका वर्तमान स्वरुप र श्रमिक आन्दोलन
December 5th, 2014

“प्रिकारियट विभिन्न रङ्गका छन्, तिनीहरु कुनै हालतमा पनि समरुपका (होमोजेनियस) छैनन् । बाँच्नका लागि पुलिसको आँखा छल्दै गन्तव्य मुलुकमा उभ्रेको काम गर्ने प्रवासी श्रमिक र बाँच्न कै लागि जति समयको होस् त्यही काम गर्ने तन्नेरीहरु, जो मौका मिल्यो कि इन्टरनेट क्याफेमा छिर्ने र बाहिरिने गर्र्छन् विल्कुल उस्तै हैनन् ।  न त एकल आमाहरु जस्ता, जो हर हप्ता खानेकुराको बिल कसरी चुक्ता गर्ने भन्नेमा चिन्तित रहन्छन्; या ६० बर्षबाट उकालो लागेको प्रौढहरु, औषधि उपचारको लागि दैनिक ज्यालादारीमा घोटिरहन्छन्, उस्तै हैनन् । तर तिनीहरु सबै समान भावनामा बाँधिएका छन्, उनीहरुको श्रम– बाँच्ने आधार हो, त्यो नियमित हैन आकस्मिक छ र असंरक्षित (प्रिकारियस) छ ।”

माक्र्स प्रश्न गर्छन्–

“यस्तो अनौठो परिस्थिति बजारमा कसरी पैदा भयो? एकातिर खरिदकर्ताको यस्तो समूह छ, जससँग श्रमले नै उपयोगी बनाएको जग्गा जमिन, कच्चा पदार्थ, मेसिन लगायत सबै साधनहरु छन् । अर्कातिर, बिक्रिकर्ताको यस्तो समूह, जोसँग बेच्नका लागि आफ्नो श्रमशक्ति, क्रियाशील हातपाउ र दिमाग बाहेक केही छैन । एकाथरी नाफा कमाउन र आफ्नो थैली भर्न सधै श्रम किनिरहन्छ, र अर्काथरी मानिस भने जीवन धान्न निरन्तर श्रमशक्ति बेचिरहन्छ ।”

हामीलाई थाहा छ– श्रमशक्ति र श्रम एउटै चीज भने होइन। श्रमशक्ति भनेको काम गर्ने क्षमता (एबिलिटी टु वर्क) हो । श्रम चाहिँ श्रमशक्तिले गर्ने काम (एक्टिभिटी) हो, उत्पादन प्रक्रियामा प्रयोग हुने चीज हो । मानिस श्रमशक्तिको सग्लो रुप हो । उसभित्र रहेको सृजनात्मक ढंगले उपयोग मूल्य पैदा गर्नसक्ने मानसिक र भौतिक क्षमता श्रमशक्ति हो ।

माक्र्स भन्छन्– “जुन चीज श्रमिकले बेच्छ, सिधा अर्थमा त्यो ‘श्रम’ होइन, केवल श्रमशक्ति हो । समाजमा श्रमशक्तिका धनीहरु तीन प्रकारका छन्– पहिलो, आफुसँग उत्पादनका साधनहरु भएकाहरु (स्वरोजगार), उनीहरु आफ्नो श्रमशक्ति बेच्दैनन्–श्रमको उपजमात्रै बेच्छन् । दोस्रो, साधन विहीन व्यक्तिहरु (ज्यालादारी श्रमिक), जो चलेको ज्यालामा तोकिएको अवधिको लागि आफ्नो श्रमशक्ति बेच्छन्। र तेस्रो, साधन र स्वतन्त्रता विहीन व्यक्तिहरु (दास), जसलाई निःसर्त आफ्नो श्रमशक्ति बिना मूल्य अनिश्चित समयको लागि दिन बाध्य पारिन्छ ।श्रमिकको श्रम गर्ने क्षमताको खरिद–बिक्री गर्नु भनेको पूँजीवादी प्रणालीमा श्रमशक्तिलाई वस्तु सरह मान्नु हो । त्यसैले माक्र्स भन्छन्– श्रमिकको श्रमलाई पूँजीपतिले दुई अवस्थामा किन्न सक्दछ । पहिलो, त्यो श्रमिकसँग उत्पादनका कुनैपनि साधनहरु नहुँदा र दोस्रो, त्यो श्रमिक आफ्नो श्रमशक्ति बेच्न स्वतन्त्र हुँदा । यही आधारमा अन्य वस्तु सरह श्रमको पनि मूल्य निर्धारण गरिन्छ ।

श्रमको मूल्य भनेको वास्तविक अर्थमा श्रमिकको श्रमशक्ति टिकाइराख्न आवश्यक पर्ने न्यूनतम मूल्य हो, श्रमिकलाई बाँच्नको लागि चाहिने आवश्यक उपभोगका वस्तु किन्न पुग्ने मूल्य हो । श्रमशक्तिको उत्पादन लागत भनेको श्रमलाई बचाउन लाग्ने लागत र श्रमिक हुन चाहिने शिक्षा तथा तालिमको लागत पनि हो ।तर पुराना थाकेका श्रमिकलाई नयाँ श्रमिकबाट विस्थापित गर्ने श्रमिकको अर्को पुस्ता खडा गर्न उनीहरुको ज्यालामा बालबालिका हुर्काउने लागत पनि जोड्नुपर्छ । भलै त्यो ज्याला र सुविधा कति दिने वा लिने भन्ने कुरा पूँजीपति र श्रमिक बीचको संघर्ष र कामको लागि हुने श्रमिकहरुको आपसी प्रतिस्पर्धाबाट तय हुन्छ ।

पूँजीवाद, शोषण र अतिरिक्त मूल्य
हाम्रो समाजमा एउटा वर्ग छ, जसले वस्तु र सेवा उत्पादन गर्छ । र, अर्को वर्ग छ– अर्काले गरेको उत्पादनलाई बिना श्रम हसुर्छ । गर्ने गरिब, हर्ने धनी हुने यही परिपाटीलाई जनाउन एउटा उखान चर्चित छ– “कमाए लगौंटीवाला, खाए धोतीवाला†” यो परिपाटीलाई हामी एक शब्दमा ‘शोषण’ भन्छौं ।

“शोषण”लाई माक्र्सले “श्रमिकबाट सित्तैमा काम गराएर जवरजस्ती लुटिएको लाभ (द फोस्र्ड अप्रोप्रियसन अफ द अनपेड लेबोर अफ द ओरकर्स) भनेका छन् । यो परिभाषा अनुरुप सबै श्रमजीवी वर्ग शोषित हुन् ।शोषण सबै वर्गीय समाजमा हुन्छ । दास समाजमा, शोषक र शोषित छुट्टिने गरीनै खुलम–खुल्ला शोषण हुन्छ । दासलाई तरवारको धारमा आफ्नो मालिकको लागि काम गर्न बाध्य पारिन्छ । मालिकले दासलाई बाँच्न मात्र पुग्ने दाना–पानी दिन्छ र उसैको श्रमबाट सिर्जित अरु सबै लाभ आफु एक्लैले पोको पार्छ ।

सामन्तवादमा जमिन्दारको जग्गामा काम गर्ने किसानहरुले आफ्नो जीवन निर्वाहको लागि गर्ने कामको समय बाहेक सबै समय जमिन्दारको लागि काम गर्छन् । किसान र जमिन्दारको रुपमा यहाँ हुने शोषण पनि स्पष्टै छ– किसान, जमिन्दारको लागि काम गर्छ, बदलामा जमिन्दारबाट केही पाउँदैन ।

ज्याला प्रणालीको पर्दाभित्र श्रमको शोषणमूलक प्रवृत्ति छोपिने हु“दा पू“जीवाद भिन्न देखिन्छ। हाकाहाकी जालसाजीका घटना बाहेक अन्य अवस्थामा तोकिएको समयको श्रमकालागि ज्याला दिने गरी नै श्रमिक भर्ती गरिन्छ । सरसर्ती हेर्दा ठिकै हिसाबमा लेनदेन चले जस्तो देखिन्छ, तर व्यवहारमा त्यस्तो हुन्न।

भनिन्छ, पूँजीवादी उदार बजार व्यवस्थामा प्रत्येक व्यवहार आपसी हित र स्वेच्छामा हुन्छ । तीन शताब्दी पुरानो हाम्रो अनुभवले भन्छ, उदार भनिने बजार व्यवस्थामा सबै ‘विनियम’ सही अर्थमा स्वेच्छामा हुँदैन । एउटा ‘रमाइलो’ उदाहरण हेरौं– मानिलिऔं, कसैले पेस्तोल तेस्र्याएर तपाईंको पर्स माग्यो । तपाईंले स्वेच्छाले पेस्तोल ताक्नेलाई आफ्नो पर्स दिनुभयो । यहाँ ‘एउटा मानिसले पैसा पायो, तपाईंको पनि ज्यान जोगियो’! के यसलाई आपसी हितमा गरिएको स्वेच्छाको ‘विनिमय’ भन्न मिल्छ र? तसर्थ,तत्कालीन अवस्थाले ‘त्यो विनिमय’ सही अर्थमा स्वेच्छामा थियो, थिएन निर्धारित गर्छ। आमरुपमा एउटाको बाध्यतामा अर्कोले विनिमय गर्ने हुँदा यो प्रणाली शोषणमूलक हुन्छ ।

माक्र्स भन्छन्– पू“जीवादी उत्पादन प्रणालीमा मुनाफाको अन्तिम स्रोत भनेको श्रमिकको ज्याला नतिरिएको श्रम हो । त्यसैले पूँजीवादी प्रणालीको आधार भनेकै शोषण हो ।माक्र्सले यो शोषणमूलक प्रणालीको व्याख्या, ‘श्रमको मूल्य सिद्धान्त (अतिरिक्त मूल्यको सिद्धान्त)’मा गरेका छन् ।

अतिरिक्त मूल्य भनेको श्रमिकले काम गर्ने कूल श्रम घण्टा र श्रमिकलाई जीवन निर्वाहको लागि आवश्यक पर्ने श्रम घण्टा बीचको अन्तर हो । अर्को शब्दमा, श्रमिकलाई काम लगाउँदा तोकिएको मूल्य (प्रयोग मूल्य) र चल पू“जीको वास्तविक श्रम मूल्य बीचको अन्तर नै अतिरिक्त मूल्य हो । अतिरिक्त मूल्य, अतिरिक्त श्रम घण्टामा आएको उत्पादनको श्रम मूल्य हो ।

अतिरिक्त मूल्य नै नाफाको स्रोत भएकोले उद्यमी वा पू“जीपतिहरु अतिरिक्त मूल्य नै सकेसम्म बढाउन चाहन्छन् । अतिरिक्त मूल्य बढाउन उनीहरुले सामान्यतः दुई तरिका प्रयोग गर्दछन् । पहिलो, उही ज्यालामा कार्यघण्टा बढाएर– यसरी आर्जन गरिने अतिरिक्त मूल्य निरपेक्ष (अब्सुलुट) अतिरिक्त मूल्य हो । र दोस्रो, जीवन निर्वाहलाई अझ कष्टकर बनाएर– यो तरिकाबाट आर्जन गरिने अतिरिक्त मूल्य चाहिँ सापेक्ष (रिलेटिभ) अतिरिक्त मूल्य हो ।

सापेक्ष मूल्य वा निरपेक्ष अतिरिक्त मूल्य कुन बढाउने भन्ने कुरा चाहिँ पू“जीपतिको चाहना र बजारको प्रतिस्पर्धामा निर्भर हुन्छ । तर दुई मध्ये एक वा दुबै, जुन तरिकाबाट अतिरिक्त मूल्य वृद्धि गरेपनि परिणामले श्रमिकको शोषण नै बढाउँछ ।

पूँजीवादः छेपारोले रङ फेरेजस्तै बहुरुपी
एडम स्मीथले आधुनिक अर्थतन्त्रको सिद्धान्त प्रतिपादन गरेको कालखण्डलाई आधार मान्ने हो भने प्रणालीको रुपमा पू“जीवादको व्यावहारिक बिस्तार अठारौं शताब्दीको मध्यममा भयो। सामन्ती निरङ्कुश शासन व्यवस्था र व्यापारिक पू“जीको बोलवालालाई तोड्न यो सिद्धान्तले महत्वपूर्ण काम गर्यो । सुन–चाँदीको थुप्रो देखाएर धनी कहलिने दुई शताब्दीदेखि चल्दै आएको रितिलाई स्मीथले–‘व्यक्ति जुन मात्रामा अर्काको श्रम किन्न वा नियन्त्रण गर्न सक्छ, त्यही अनुपातमा धनी या गरिब हुन्छ(… हि मस्ट वी रिच अर पोर अकर्डिङ्ग टु द क्वाण्टिटी अफ दयाट लेवोर व्हीच हि क्यान कमाण्ड अर व्हीच हि क्यान अफोर्ड टु परचेज)’ भन्दै तोडिदिए । यसले औद्योगिक पूँजीवादको जग बसायो ।

उन्नाइसौं शताव्दीको मध्यसम्म आइपुग्दा यो प्रणालीले श्रमजीवी वर्गमाथिको उत्पीडन डरलाग्दो गरी बढायो । हुनेखाने र हु“दा खाने बीचको खाडल चरम बन्यो । उर्लिंदो पूँजीवादले मानवीय मूल्यको सबै मान्यतालाई लत्यायो । यसैको विकल्पमा कार्ल माक्र्स उभिए । उनले श्रमजीवी वर्गलाई उत्पीडनबाट मुक्ति र उनीहरुको जीवनस्तर सुधार्न पू“जीवादको विकल्पको रुपमा बैज्ञानिक समाजवाद प्रस्ताव गरे । जसरी आफुलाई जन्म दिने अभिभावकलाई उनीहरुकै सन्तानले अन्तिम संस्कार गर्छन्, त्यस्तैगरी पूँजीवादले आफ्नो चिहान खन्ने फौज तयार गरिसकेको घोषणा गरे ।

‘आजसम्मको इतिहास भनेको वर्गसंघर्षको इतिहास’ भनेझैं माक्र्सको उदयपछि पूँजीवादी प्रणाली ‘स्मीथ र माक्र्सको बीचको उकाली–ओराली’ मात्रै हो भन्न पनि सकिन्छ । पूँजीवादमा देखिएको रङ्ग परिवर्तन आफुलाई जोगाउने क्रममा भए/गरेको उपचार मात्रै हो । उत्पादन प्रक्रियाको हिसाबले यो यात्रा ‘घरेलु प्रक्रियाबाट काराखाना प्रक्रियासम्म’को मात्रै हो ।

सन् १७०१ पछिको झण्डै आधा शताब्दी हातेसीप आधारित उद्योगमा रह्यो । घरेलु उत्पादन (क्रयाफ्ट-प्रडक्सन) आधारित यो अवधिमा पारिवारिक व्यवसाय हुँदै घरेलु उद्योग ˚स्टायो । यसले नै श्रमिकले आफ्नो श्रम बेच्ने केन्द्रीकृत कार्यथलो जन्मायो । कारखानामा ऊर्जाबाट चल्ने ठूला मेसिनहरुको प्रयोग हुन थालेको सन् १७६५ पछिको अवधि औद्योगिक क्रान्तिकालको रुपमा चिनिन्छ । त्यसपछि आयो मास प्रडक्सन (ठूलो मात्रामा उत्पादन)को युग । जहा“ आधुनिक उद्योगमा ‘भल्भ–पावर’ मेसिनहरुको प्रयोग हुनथाल्यो । बीसौं शताब्दीको प्रवेससँगै उत्पादनको दुनिया“मा नया“ क्रान्ति आयो । टेलर फोर्डको जोडीले (सन् १९०८) उद्योगमा एसेम्ब्ली लाइनको प्रयोग गरयो । सन् १९८० पछि आजसम्मको अवधि कम्प्युटर र सूचना प्रविधि आधारित उद्योगको रुपमा अगाडि आयो ।

उत्पादन प्रकृयामा यसले ल्याएको परिवर्तनलाई प्रस्ट्याउ“दै ‘द इकोनोमिस्ट’ म्यागेजिनले ‘म्याजिक किङडम’ शीर्षकमा चाख लाग्दो रेखाचित्र छाप्यो । रेखाचित्रमा उत्पादनको परिमाण र विविधतालाई देखाउँदै उत्पादन प्रकृयाको विभिन्न चरण देखाइएको छ ।

पहिलो चरण “क्राफ्ट स्टेज” मा उत्पादनको परिमाण तथा विविधता दुबै कम हुन्छ । यो अवस्था भनेको एउटा सुचिकारले ग्राहकको अर्डर बमोजिम लुगा तयार गर्ने प्रक्रिया जस्तै हो । यहाँ एउटै वस्तु, एक व्यक्तिकोलागि, अधिकतम मानव सीप प्रयोग गरी उत्पादन गरिन्छ । दोस्रो चरणको उत्पादन प्रक्रियामा “एसेम्ब्ली लाइन” पर्दछ । विशेषतः औद्योगिक क्रान्ति पछाडि हामी यो युगमा प्रवेश भएको पाउँछौं । यस प्रकारको उत्पादन प्रक्रियामा मेसिनको अधिकतम प्रयोग हुन्छ र एउटा मेसिनबाट एकै चोटिव्यापक मात्रामा उत्पादन (मास प्रडक्सन) हुन्छ । पहिलो चरणमा सुचिकारको उदाहरण दिए जस्तै यस चरणमा गार्मेन्ट उद्योगको “लाइन सिस्टम” लाई लिन सकिन्छ । यहाँ एउटै मजदुरले सिङ्गो सर्ट तयार गर्दैन, त्यसको एउटा भाग मात्र तयार गर्दछ वा सानो भाग तयारीको प्रक्रियामा मात्र संलग्न हुन्छ । जस्तो कि गार्मेन्ट उद्योगमा कुनै कामदारको श्रम सर्टको कलर, पकेट वा बटन हाल्ने काममा मात्र सीमित हुन्छ । यस उत्पादन प्रक्रियामा थोरै समयमा एउटै वस्तु ठूलो परिमाण (मास–स्केल)मा उत्पादन हुन्छ ।

उत्पादनको तेस्रो चरण भनेको लचकता–युक्त (फ्लेक्सिबल) मेसिनको प्रयोगको युग हो । कम्प्युटरको प्रयोगबाट एउटै मेसिनले विविध प्रकारको काम गर्दछ । यस्तो मेसिन प्रयोग गर्ने मजदुर पनि बढी दक्ष, सीपमूलक र प्राविधिक हुने गर्दछ । जस्तो कि टाइपराइटर चलाउने व्यक्तिभन्दा कम्प्युटर चलाउने व्यक्ति बढी सीपमूलक हुन्छ ।

मास उत्पादनको चरण, कम्प्युटरको प्रयोगको चरणको समिश्रणले फ्लेक्सिबल उत्पादन प्रक्रियाको चरणमा प्रवेश गर्दछ । यस अवस्थामा उस्तै विविध वस्तुहरु उत्तिकै सङ्ख्यामा उत्पादन गरिन्छ । यस अवस्थालाई “मास कस्टोमाइजेसन” को अवस्था पनि भनिन्छ । एक अर्थमा विकसित मुलुकहरुमा हाल भइराखेका उत्पादन प्रक्रियालाई लिन सकिन्छ । यो यस्तो उत्पादन प्रक्रिया हो, जसलाई एक अर्थमा हामी जादुगरी वा मनचिन्ते झोलासरी लिन सक्छौं । अर्थात चाहेको बेला जस्तोसुकै वस्तु यस उत्पादन प्रक्रियाबाट तयार गर्न सकिन्छ । रोबोटको प्रयोग, कम्प्युटर डिजाइनिङ, जेनेटिकल्ली मोडिफाइड फुड्स आदिलाई एक अर्थमा यो म्याजिक किङ्डम (जादुमय संसार) को उत्पादन प्रक्रियाको रुपमा लिन सकिन्छ । ‘एकै चोटिधेरै, एउटै मोडेलको वस्तु उत्पादन’ गर्ने एसेम्ब्ली लाइनले‘विभिन्न रुप र रंगमा एकै चोटिधेरै उत्पादन’ गर्नुपर्ने आवश्यकता महसुस गरायो । त्यही आवश्यकता अनुरुपसुरु भएको उत्पादनले म्याजिक किङडम (जादुमय साम्राज्य) को आविस्कार गरयो ।

आजको पूँजीवाद र श्रमजीवी वर्ग
कार्ल काउत्स्कीको ‘कोल्याप्स थ्योरी’ र ‘पपेरिजेसन थ्योरी’सँग असहमति जनाउ“दै उनकै सहकर्मी एडवार्ड बन्स्र्टीन भन्छन्– ‘सङ्कट टार्न पू“जीवाद स˚ल भइसक्यो । यो आफुलाई पुनःसंरचना गर्न सक्षम हुनेछ र निरन्तर विकसित हुनेछ । आङ्कलन गर्न सकिने भविष्यमा नै पूँजीवादको अन्त्य हुनेवाला छैन ।” बन्स्र्टीनले भनेझैं पू“जीवाद सङ्कट टार्न स˚ल भइसक्यो वा हुन सकिरहको छैन, बहस हुनसक्छ। तर यसले परिवर्तित परिस्थिति अनुकूल आफुलाई परिमार्जित स्वरुपमा प्रस्तुत गर्दै भने आएको छ । जस्तो कि, बीसौँ शताब्दीको अन्त्यतिर आइपुग्दा देखिने पूँजीवाद, नदेखिने तर त्यसको पीडा अनुभव गर्न सकिने स्वरूपमा आयो । ‘अमिल्दो अभ्यास’ जस्तो देखिने आजको पूँजीवादलाई अर्थशास्त्रीहरुले ‘वित्तीय पूँजीवाद’को नाम दिएका छन् ।

फैल“दो वित्तीय पूँजीवादको चारित्रिक विशेषता भनेको तत्काल नाफा कमाउनु हो । ब्याजमा लगानी गरी नाफा कमाउने भएकोले नै माक्र्सवादी विश्लेषकहरुले यो प्रणालीलाई गैर–श्रमजीवी र कमिसनमुखी वर्गलाई नाफाबाट पोस्ने शोषणमूलक प्रणालीको रूपमा अथ्र्याउने गरेका हुन् । “औद्योगिक पूँजीवादलाई विस्थापित गर्ने तहमा जन्मिएको (डाइलेक्टील आउटग्रोथ) यस्तो प्रक्रिया, जसले पूँजीवादी इतिहासको सम्पूर्ण चरण नै टुङ्गाइदियो” भन्ने गरिएको हो । (टेवल)

तर अठारौं शताब्दीदेखि एक्काइसौं शताब्दीसम्मको यात्रामा श्रमजीवी वर्गको भोगाइमा पनि चाखलाख्दो परिवर्तन आएको छ । नियन्त्रणको हिसाबले कार्यथलो, श्रमिकको हातबाट क्रमशः फुत्किंदै छ । मास प्रडक्सनको चरणमा प्रवेश गर्नु अघि मूलतः उत्पादन ‘घरेलु प्रकृया’मा आधारित थियो । जब श्रमको संसार उत्पादनको ‘कारखाना प्रकृया’मा प्रवेश ग¥यो, त्यसपछि प्रविधि र मेसिनका कारण पनि श्रमिकले आफ्नो वर्चस्व गुमाउन बाध्य भयो ।
उत्पादनको प्रक्रिया र शोषणका तरिकामा आएको फेरबदले श्रमिकहरुको मनस्थितिमा पनि परिवर्तन ल्याएको छ । “फ्युचर अफ ट्यालेन्ट इन्स्टिच्युट”का संस्थापक एवं अध्यक्ष केभिन व्हिलरले यो परिवर्तनलाई “पुस्ता–अन्तरको मनस्थिति” भनेका छन् । उनले ४५ वर्ष माथिका पुस्तालाई ‘बेबीबुमर पुस्ता’ भनेका छन्, जो बढी परम्परागत हुन्छन् । ८ घण्टा वा त्यो भन्दा बढी चलनचल्तीको संगठित प्रतिष्ठानमै शारिरीक काम गर्न रुचाउ“छन् । ३० देखि ४५ वर्ष उमेर समूहकालाई उनले ‘एक्स–पुस्ता (जेनेरेशन–X)’ नामकरण गरेका छन् । यो पुस्तापनि चलचल्तीको काम गर्न सजिलो मान्छ । परिवारको थप आवश्यकता पूरा गर्न मात्र‘भर्चुयल’ कामको लागि लालायित हुन्छ । ३० वर्ष मुनिका ‘वाई–पुस्ता (जेनेरेसन–Y)’ हो । यो पुस्ता अलि अटेरी हुन्छ । एकै ठाँउमा टिकिरहन रुचाउँदैन, नत तहगत (हाइरार्कीयल) ढाँचाको श्रम–संरचना भएको प्रतिष्ठानको काम नै रुचाउँछ । एक भन्दा धेरै ठाउँमा काम गर्ने, ‘लचकतायुक्त समय’ र ‘मनले खाएको (भर्चुयल) काम’गर्न वाई–पुस्ता रुचाउँछ ।

किन नेपाली तन्नेरीहरुको रोजाइभित्र रातभर काम गर्नुपर्ने क्यासिनो पर्छ? किन कल सेन्टर र ट्रान्स्क्रीप्टीङको काममा ‘वाई–पुस्ता’को ठूलो उपस्थिति छ? लतकै रुपमा यो पुस्ता किन विद्युतीयसञ्जालमा अल्झिन रुचाउ“छ? किन प्राविधिक शिक्षामा पनि कम्प्युटर इञ्जिनियरिङ जस्तो विधामा यो पुस्ताको झुकाव छ? सायद यसको जवा˚ केभिन व्हीलरको पुस्ता–अन्तर विश्लेषण हुन सक्छ ।

चलाख पूँजीवादले श्रमजीवी वर्गमा आउने यो मनस्थितिलाई पनि कब्जा गरिरहेको छ । पहिले बेरोजगारी र अभावमा पिल्सिएका श्रमिकलाई आपसमा भिडाई ‘घटाघट’को तरिकाबाट श्रमशक्तिको मोल तोक्ने पूँजीवादी प्रणालीले अहिले पा“च किसिमबाट कार्यथलोको पुनःसंरचना गरिरहेको देखिन्छ ।

  • चौबिस घण्टा बीच जहिले काम गरेपनि हुने गरी समय तोकिने लचकतायुक्त समयको काम
  • प्रविधिमा आएको परिवर्तनसँगै कम्प्युटर, मोबाइल वा अन्य ग्याड्जेट प्रयोग गरी अफिस बाहिरै गर्ने मनले खाएको (भर्चुयल) काम
  • समयको आधारमा ज्याला लिने गरी एकभन्दा ज्यादा काममा संलग्न हुने काम (जस्तो कि संयुक्त राज्य अमेरिकामा ५∞ श्रमिकहरु २ भन्दा बढी ठाउँमा काम गर्छन् र घण्टाको आधारमा भुक्तानी लिन्छन्)
  •  छोटो अवधिको करार सहितको अस्थायी काम
  • अर्काले नियुक्त गरेका श्रमिकलाई भाडामा लिने प्रचलन ( आउटसोर्सिङ) ।

प्रा. गाई स्ट्याण्डिङले समकालिन समाजको वर्ग विभाजनलाई सात भागमा व्याख्या गरेका छन् । उनका अनुसार सामाजिक समूहको टुप्पोमा अति नै सानो सङ्ख्यामा रहेका एलिट (संभ्रान्त) छन् । यी अर्वपतिहरुले सरकारहरुदेखि नीति निर्णय गर्ने सबै निकायहरुलाई प्रभावित गर्छन् । दोस्रो सेलराईट (उच्च कर्मचारी) हुन्, एलिट बन्ने आकाङ्क्षा बोकेका स्थायी रोजगारीमा रहेकाहरु । यिनीहरुलाई राज्यको ढुकुटीबाटै छुट्टी मनाउन पाउने समेत सुबिधा प्राप्त छ । तेस्रो, प्रोफिसियनहरु हुन् । जसरी प्रोफेसनल र टेक्नीसीयन दुई शब्द जोडेर यसको नामाकरण गरिएको छ, उच्च आय भएका कन्सल्ट्याण्ट, मध्ययुगका ‘नाइट्स’ जस्ता पेशाकर्मीहरु यो समूहमा पर्छन् । उनीहरु ठान्छन्– नियम कानुन जस्ता कुरा उनीहरुका लागि हैन, त्यो त उनीहरुले अरुलाई बनाइदिने कुरा हो । नियमित रोजगारी पनि तिनका लागि हैन । त्यसपछि सुरु हुन्छ वास्तविक श्रमिकहरुको पत्र । यो चौथो समूह ज्याला रोजगारीमा आउने श्रमिकहरु (म्यानुअल इम्प्लाइज)को हो । घट्दो क्रममा रहेको यो समूह नै परम्परागत श्रमजीवी वर्ग हो । यसपछि सुरु हुन्छ आधुनिक श्रमजीवी वर्ग, यसलाई उनले प्रिकारियट भनेका छन् । अत्यन्तै असुरक्षित श्रम सम्बन्धमा रहेको यो वर्गमा तीन पत्र छन्– आकस्मिक काम गर्नेहरु (फ्लेक्सी ओरकर), बेरोजगार श्रमशक्तिको ठूलो समूह (आयन आर्मी अ˚ अनइम्प्लाइड), र समाजिक रुपमा बेवास्ता गरिएकाहरु (अ डिट्याच्ड ग्रुप अफसोसल्ली इल मिस्फिट लिभिङ अफ दि ड्रेग अफ सोसाइटी) ।

माक्र्सले आफ्नो समयको सर्वहारा (प्रोलेटरियट)लाई पुँजीवादको चिहान खन्ने आफैंमा बनेको वर्ग (अ क्लास– फर– इटसेल्फ) भनेका थिए । उनको लागि यो वर्ग नै क्रान्तिको गुदी (भाङगार्ड अफ रेभोलुसन) शक्ति थियो । स्ट्याण्डिङ अहिले उन्नाइसौं शताब्दीमा व्याख्या गरिएको सर्वहारा वर्गको अस्तित्वमा शंका गर्छन् । ‘प्रोलेटरियट’को ठाउँ ‘प्रिकारियट’ (असुरक्षित श्रमजीवी)ले लिंदै गरेको दाबी गर्छन । उनका लागि प्रिकारियट बन्दै गरेको नयाँ वर्ग (अ क्लास– इन– मेकिङ) हो । यो सर्वहारा जस्तो भरपर्दो नभएर ‘खतरनाक’ वर्ग (अ ड्यान्जरस न्यु क्लास) हो ।

खतरनाक किन ? उनी यो वर्गलाई ४–ए (एङ्गर–रिस, एनोमि–फुक्कापन, एन्जाइटी–चिन्ता, एलाइनेसन–पराईकरण) को समिश्रण मान्छन् । उनी भन्छन् –

“प्रिकारियट विभिन्न रङ्गका छन्, तिनीहरु कुनै हालतमा पनि समरुपका (होमोजेनियस) छैनन् । बाँच्नका लागि पुलिसको आँखा छल्दै गन्तव्य मुलुकमा उभ्रेको काम गर्ने प्रवासी श्रमिक र बाँच्न कै लागि जति समयको होस् त्यही काम गर्ने तन्नेरीहरु, जो मौका मिल्यो कि इन्टरनेट क्याफेमा छिर्ने र बाहिरिने गर्र्छन् विल्कुल उस्तै हैनन् ।  न त एकल आमाहरु जस्ता, जो हर हप्ता खानेकुराको बिल कसरी चुक्ता गर्ने भन्नेमा चिन्तित रहन्छन्; या ६० बर्षबाट उकालो लागेको प्रौढहरु, औषधि उपचारको लागि दैनिक ज्यालादारीमा घोटिरहन्छन्, उस्तै हैनन् । तर तिनीहरु सबै समान भावनामा बाँधिएका छन्, उनीहरुको श्रम– बाँच्ने आधार हो, त्यो नियमित हैन आकस्मिक छ र असंरक्षित (प्रिकारियस) छ ।”

तुलनाः हिजो र आज

डुइसवर्गमा रहेको औद्योगिक संस्कृति संग्राहलयको एउटा दस्तावेजमा लेखिएको छः

“एउटै कोठामा पूरै परिवार सुत्ने र एउटै ओछ्यान पालैपालो उपयोग गर्ने अवस्था थियो । कामको सिफ्ट सकेर आएको अर्को त्यही ओछ्यानमा सुत्दथ्यो । कारखानामा कामको अवस्था मेसिन अनुकूल थियो, श्रमिकले त्यसै अनुसार चल्नुपथ्र्यो। काम हप्ताको ७० घण्टा गर्नुपर्ने नियम थियो, अझ कपडा उद्योगमा त ८० घण्टासम्म। बलश्रमिकहरुको व्यापक प्रयोग थियो । सामाजिक सुरक्षा भन्ने कुरा जानकारीमा थिएन र स्वास्थ्यको हेरविचार सारै नगण्य !”

गतवर्ष कत्तारको दोहा स्थित सहलैया लेबोर क्याम्पमा जा“दा नेपाली श्रमिकहरुले आफ्नो दैनिक तालिका यसरी बताएः

“देखिहाल्नुभयो हामीले काम गर्ने ठाउँ, यो क्याम्पभन्दा बसबाट जा“दा झण्डै २ घण्टा टाढा पर्छ । हामी श्रमिक १८ जनाले एउटै ट्वाइलेट प्रयोग गर्नुपर्छ । बसबाट ओर्लदा हामी, स्कूलबाट ˚र्केका हाम्रा नानीहरु झैं कुदेर आउनुको कारण सबैभन्दा पहिला ट्वाइलेट÷बाथरुम पुग्न सकियोस् भनेर हो । हामी लाईन लागेर ट्वाइलेट जान्छौं, पानी थाप्छौं । यो खुल्ला किचेनमा सयौंका सङ्ख्यामा रहेका हामी पालो कुरेर आफ्नो ‘डिनर’ तयार (विदेशमा आएर बेलुकाको भात खान त भएन नि हैन?!) गर्छौं। डिनर के भन्ने, एक ट्वाक चामल थप्छौं र भोलि दिउँसोको लञ्चपनि अहिले नै तयार गर्छौं । त्यसलाई प्लास्टिकमा पोको पार्छौं । प्लास्टिकमा नराखे बासी भात गन्हाउँछ र खाइसाध्य हुन्न । हातमुख जोर्दा रातीको दश बज्छ । ओछ्र्यानमा पल्टनेबेला दुई जना ‘पहलमान’ ज“ड्याहाहरु कोठा बाहिर आमाचकारी गाली बक्दै कुटाकुट गर्न थाल्छन् । कुनै न कुनै जोडीबीच नियमित जस्तो हुनेयस्तो कुस्तीमा युद्धविराम कुनबेला हुने हो पत्तो हुन्न । अर्को कुनामा भ्mयाल्याङ्ग– भ्mयाल्याङ्ग थोत्रो गितार ठटाउ“दै ट्वा“टको सुरमा अर्को सुरवीर विरहको वेसुरा भाका हाल्न थाल्छ । यत्तिकैमा कुनवेला आ“खा लोलाउ“छ, थाहा हुन्न । सायद १२–१ बज्दो हो । तर बिहान ४ बजे नउठी धरै छैन । अलिकति ढिला भए ट्वाइलेटको पालोमा ‘लेट’ हुन्छ । यता ‘लेट’ हुँदा ६ बजे साइटमा जाने बस चढ्न ‘लेट’ हुन्छ । केही गरी बस छुटे त्यो दिनको काम गयो, तलब गयो ! के थाहा फेरि कामै पो हिड्ने हो कि?! दिन बित्छ, आज जस्तै ८ बजेतिर यो क्याम्पमा आइन्छ । त्यसपछि उही काम, उही हतारो, उही दिक्दारीमा हाम्रो जीवन चलिरहन्छ ! कुनै कुनै क्याम्पमा एउटै बेड दुई जना साथीहरु आलोपालो गरी प्रयोग गर्नुहुन्छ रे ! उहा“हरुलाई उही ‘रुम र बेड’ कम्पनीको सिफ्टको आधारमा मात्र प्रयोग गर्न दिइन्छ ।”

झण्डै ३०० वर्ष अघि कार्ल माक्र्समा दिक्दारी पैदा गर्ने श्रमजीवी वर्गको पीडादायी अवस्था आज तीन शताब्दी पछि पनि कतिपय सन्दर्भमा झण्डै उस्तै देखिन्छ । हिजो श्रमिकहरुलाई साम्राज्यवादी सेनाको संगिनको नोकमा पानी जहाजमा लादेर पूर्वी एसिया र क्यारेबियन टापुका चिया तथा रबर वगानहरु, युरोपका कारखानाहरु, अफ्रिकाको खानीहरुमा दास सरह श्रमका लागि ओसारिन्थे । अहिले आफ्नै मुलुकका दलालहरु हवाइजहाजमा लादेर विभिन्न मुलुकहरुमा श्रमिक ओसार्छन् । गन्तव्य मुलुकका नागरिकले घिन मानेको, डर मानेको र गर्न नचाहेको काममा जोताइन्छन् । कतिपय देशमा प्रचलित नियम कानुन लागु नहुने गरी खडा गरिएको ‘विशेष आर्थिक क्षेत्र’ नामका अखडामा लगानी गर्ने बहुराष्ट्रिय कम्पनीलाई आफ्ना नागरिकमाथि शोषण गर्न खुल्ला छुट समेत दिने गरिएको छ ।

इतिहासलाई फर्केर हेर्दा, २००३ साल फागुन २१ गते नेपालमा सुरु भएको पहिलो मजदुर आन्दोलनको माग थियो– ८ घण्टाको काम, सस्तो दरभाउमा चामल, चिनी र कपडा पाउनुपर्ने र खाईपाई आएको ज्यालामा वृद्धि । अठसट्टी वर्षपछि आज पनि नेपाली श्रमजीवी वर्गको आधारभूत माग, कार्यघण्टा–ज्याला वृद्धि–बास तथा कपास र सुलभ दरमा बेसाहाकै वरिपरि घुमिरहेको छ । मात्र भाका फेरिएको छ । नव–उदारवादी बजार अर्थतन्त्रको नाममा– न्यून न्यूनतम ज्याला, न्यून सामाजिक सुविधाहरु, प्रत्येक श्रमिकसँग छुट्टाछुट्टै ज्याला संझौता, श्रमिकको ज्याला सुबिधा बढ्ने र श्रमिकलाई संरक्षित गर्ने सकेसम्म कम नियम कानून र ट्रेड युनियनको अधिकार घटाउने नीतिलाई समस्या समाधानका अचुक उपायका रुपमा पस्किने गरिएको छ ।
श्रम आन्दोलनको अबको बाटो: श्रमशक्तिको विकास

नेपालको श्रमशक्ति तीन भागमा बा“डिएका छन्– १) देशभित्रको ज्याला रोजगारश्रमशक्ति, २) देशभित्रको स्वरोजगार श्रमशक्ति र ३) देशबाहिर कार्यरत श्रमशक्ति ।

उत्पादक शक्तिलाई सुदृढ गर्दै गुणात्मक फड्को दिन यो श्रमशक्ति संगठित, अनुशासित, सचेत र दक्ष हुनुपर्दछ । नेपालको श्रमशक्ति संगठित र बलियो बनाउन ध्यान केन्द्रित गर्नुपर्ने क्षेत्रलाई तीन भागमा उल्लेख गर्न सकिन्छः १) सङ्ख्याको हिसाबले कृषि, निर्माण र शहरी अनौपचारिक क्षेत्र, २) गुणस्तरको हिसाबले आधुनिक सेवा क्षेत्र, र ३) ब्लकको हिसाबले उत्पादनमूलक क्षेत्र ।कृषि, निर्माण, उत्पादनमूलक र सेवा क्षेत्र गरी चार समूहका श्रमिक वर्ग नै श्रमशक्ति विकासको केन्द्रबिन्दु हुनुपर्छ । यसभित्र आम्दानीको हिसाबले विभिन्न उपवर्ग छन्, जसलाई समग्रमा लिनु व्यावहारिक हुन्छ । श्रमिक वर्गका यी चारै समूहमा प्रचलित भाषाको ह्वाइट कलर (सोच्ने) र ब्लु कलर (गर्ने) दुबैखाले श्रमिकहरु छन् । समाज र श्रम क्षेत्रको रूपान्तरणको नेतृत्व यीनै चार समूहले गर्न सक्छन् ।

प्रा. चैतन्य मिश्र लेख्छन्–
“अहिले हामी “पूँजीवादलाई नमार्ने र श्रमिक वर्गलाई पनि फाइदा हुने” व्यवस्था अपनाउने चरणमा छौँ । यसको लागि उपभोग, लागानी र पुनर्वितरणको प्रक्रिया अघि बढाउनुपर्छ । … पुनर्वितरण मूलतः कामदारप्रति लक्षित हुन्छ । यो प्रक्रियामा कामदारले दुईतिरबाट आर्जन गर्छ– काम गरे बापत पूँजीपतिबाट ज्याला र भोट हाले बापत राज्यबाट भरथेग र भरणपोषण । … यसबाट श्रम गर्नेको राज्यसत्ताप्रति अपनत्व बढ्छ र कामदार नागरिकमा रूपान्तरित हुन्छ । र, श्रमिक ज्यालादारी गर्ने मान्छे मात्रै हैन भन्ने सिद्ध हुन्छ।”

दोस्रो विश्व युद्धपछि श्रमजीवी वर्गको हक हितका लागि युरोपका समाजवादी र लेबोर पार्टीहरुले श्रम सम्बन्धी “छ–ग्यारेन्टी” लागु गरेका थिए । ती हुन्– (१) श्रम वजार सुरक्षा, (२) रोजगारीको सुरक्षा, (३) कामको सुरक्षा, (४) सीप पुनर्ताजगी (स्कील रिप्रोडक्सन) सुरक्षा, (५) आम्दानीको सुरक्षा र (६) प्रतिनिधित्वको सुरक्षा । आजको श्रम पनि जुनसुकै रुपमा किन नहोस्, यी सुरक्षाको अभावमा टिक्न सक्दैन । यस्तो हुन “उच्च ज्याला–उच्च उत्पादकत्व–उच्च आर्थिकवृद्धि– र, समतामूलक वितरण व्यवस्था”को चक्र निर्माण गर्नु पर्छ ।

मेरो प्रश्नः
श्रमजीवी वर्गको ‘हक र हित’को लडाइ“ व्यवस्थित गर्न ‘काम’लाई ‘मर्यादित काम’ (डिसेन्ट वर्क)मा रुपान्तरण गर्नुपर्छ । मर्यादित काम भनेको प्रत्येक श्रमिकलाई (क) असल जीवन जिउन पुग्ने आम्दानी, (ख) भेदभाव रहित, वृत्ति विकासमा समान अवसर हुनेगरी काम, (ग) उपयुक्त र सुरक्षित कार्यथलो, (घ) युनियन गठनका साथैकाम सम्बन्धी सबै बिषयमा आफ्नो भनाई आफैं राख्न पाउने वातावरण, (ङ) बिरामी, कमजोर, पाका उमेरका श्रमिक र विपतमा परेका हरेक महिलालाई सहायता दिने सामाजिक सुरक्षाको संयन्त्र भएको राज्य उपलब्घ गराउनु हो । यो भनेको “उत्पादन, पुनर्लगानी र पुनर्वितरण”को प्रकृया आरम्भ गर्नु हो ।

के यो आजको सन्दर्भमा प्राप्त गर्न सकिने लक्ष हैन ?

(नेकपा एमालेको प्रकाशन नवयुगमा प्रकाशित)

यसमा कतिपय टेवल छुटेका छन् । जस्ताको तस्तै पुरा पाठको लागि यो pdf  फाईल डाउनलोड गर्नुहोस् >>BRimal_Article4nawayug

Leave a comment

Comments

No comments yet.