श्रमिकको संस्थाका हिसाबले टे्रड यूनियनले गर्नै पर्ने सीमित काम छन् । यसलाई चार बु“दामा सीमित गर्न सकिन्छ । पहिलो, ‘कामको अधिकार’ को लागि क्रियाशील रहने । २०४६ सालको परिवर्तनसंगै मिश्रति अर्थ व्यवस्थाको ठाउ“’उदार’ व्यवस्थाले लियो र यसले ‘स्थायी काम’ र जनताको हितमा दिइने अनुदान जस्ता श्रमिक पक्षीय केही व्यवस्था भताभुंग पारिदियो । धेरै काम हु“दा ‘बढी ज्याला’ मा काममा लगाउने, कम काम र ज्यादा जगेडा श्रम हु“दा ज्यालामा ‘घटाघट’ गर्राई श्रमिकलाई बजारको वस्तु सरहको व्यवहार गर्ने असमान प्रचलनलाई यसले आनो आदर्श बनायो । परिणम स्वरुप संगठित उद्योगमा उत्पादनलाई प्रतिस्पर्धी बनाउने र श्रम लागत घटाउने नाममा श्रमिकले वर्षौंदेखि खाईपाई आएको सुविधा काट्दै – श्रमको नौपचारिकीकरण शुरु गरियो ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड Trade Union ra Shram
नेपाल कम्युािनष्ट पार्टी एमाले को केन्द्रीय कमिटीको छैटौं बैठकमा कमरेड केपी ओलीले एउटा कथा हाल्नु भयो । प्रसंग हाम्रो प्रिय ‘सहमतीय’ राजनीतिका लागि भएका प्रयत्नसंग सम्बन्धित थियो ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड sahamati ko rajniti ra saras
संविधान सभामा विशेष व्यवस्था विना जसरी दलहरुले “जातीय-जनजातीय, क्षेत्रीय
र लैंगिक रुपमा” प्रतिनिधित्व गर्न नसक्ने निष्कर्षनिकालिएको छ, त्यही आधारमा विशाल संख्यामा रहेको श्रमजीवी वर्गको प्रतिनिधित्वको भने कुनै निश्चितता छैन । यसले अव संविधान सभामा “ठालूहरुको हैकमको विरुद्ध निमुखा” को मोर्चा वन्दी नभएर “काले-काले मिलेर खा“ऊ भाले” भने जस्तै विभिन्न समूहमा विभक्त ठालू-ठालूहरुको मिलेमतोमा निर्धा निमुखाहरुको अवाजलाई वेवास्ता पो गरिने हो की भन्ने शंका गर्ने प्रसस्त स्थान दिएको छ ।पूर्ण पाठ को pdf फाइल डाउनलोड Class and inclusiveness_formatted
The meaning of social transformation in the context of Nepal is the transformation of existing social structures to transform the conflicts generated by economic exploitation and social oppression. To tackle this problem a formulaic solution of “transformation through inclusion” is presented. ‘Inclusion’ embodies issues of gender, caste-ethnicity and aspects of regionalism, which draw a demarcation of identity; where as the ‘Class’ - an “ideological theoretical” issue, unites the entire nation together.
Download pdf file Trade union unity and social transformation
हामी जति वेला महिला सहभागिातको मुद्धा उठाउ“दै थियौ– हाम्रो श्रम वजार लैङ्गिक समानताको हिसावले कुरुप थियो । एकातिर विकासिल र विकसित देशमा महिलाले गर्ने भनेर चिनिएको नगद हातलाग्ने काम यहा“ पुरुष श्रमिकको हातमा थियो । अर्का तिर अर्थतन्त्रकै हैसियत नपाएको अनौपचारिक क्षेत्रको काम भने महिला कै ठेक्का जस्तो थियो । ज्याला, अवसर र सुविधामा तुलना नै गर्न नसकिने किसिमले महिला र पुरुष श्रमिक वीच खाडल थियो ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड Keynote on 8march
नेपालका राजनीतिक शक्तिहरुबीच“परिवर्तन”को मूख्य आधार दुई प्रकारका
दावी÷प्रतिदावीहरु रहेका छन् । नेकपा (एमाले लगायतका मूलधारका राजनीतिक शक्तिहरु ०६२÷६३ को परिवर्तनको आधार मूलतः १९ दिने शसक्त जनआन्दोलनलाई मान्दछन् । माओवादी भने उसले सञ्चालन गरेको १ दशक लामो हिंसात्मक द्वन्द्वलाई परिर्वतनको मूल आधार मान्छ । परिवर्तनको आधार ‘शान्तिपूर्ण जनदबाब की हिंसात्मक अभियान’ भन्नेमा विवादले आगामि दिनमा पनि ‘परिवर्तनको बाटो कुन हो’ भन्नेमा अन्यौल सिर्जना गरिरहेको यसको एउटा चाखलाग्दो उदाहरण माओवादीमा विद्यमान ‘शान्ति की बिद्रोह’लाई लिन माओवादीको एउटा पक्षले अझै पनि ‘विद्रोह’ “शसस्त्र युद्ध” र “राज्यसत्ता कव्जा” जस्ता विषय उठाइ रहनुलाई यसप्रसङ्गमा उललेख गर्न सकिन्छ ।पूर्ण पाठ को pdf फाइल डाउनलोड Eight-notes on contemporary politics
मे दिवसमा हामीहरु– अगस्त स्पाइस, अल्वर्ट पार्सनहरुको शोषण विरुद्धको ‘विद्रोह’ र विद्रोहमा सामेल भए वापतको सहादतलाई स्मरण गर्दै आएका छौं । हामीहरु मध्ये कतिले आफुलाई ‘क्रान्तिकारी’ र भिन्न देखाउन ‘उ बेला’का विभिन्न नारालाई जस्ताको तस्तै चपाउने– निल्ने र ओकल्ने समेत गर्दै आएका छौं ।
भनिन्छ– आदर्श सपना नभएको विश्व मानचित्र एक नजर हेर्न लायक पनि हुन्न (A map of the world that does not include Utopia is not worth even glancing at) । त्यसै भएर होला विसौं शताव्दीका विद्रोहका ‘गुरु’ चे ग्वे भाराले भनेका थिए– असम्भवलाई संभव बनाउन– वास्तविकतामा आधारित होऊ (Be realistic– demand the impossible)!
पूर्ण पाठ को pdf फाइल डाउनलोड Greeting May Day2012
